Comments Add Comment

Advertisment

SKIP THIS

मेस्सीको निर्णायक गोलमा पिएसजीको जित

३ आश्विन , काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ।

आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो। अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए।

८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ। पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै