Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको समानुपातिक बन्दसूची टुंग्याउन ७ ठाउँमा छलफल

३ आश्विन , काठमाडौं । नेपाली कांग्रेसका नेताहरू समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची टुंगो लगाउन छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा ७ प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । नामलाई अन्तिम रुप दिनेगरी छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापति सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशको नाममा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए ।

कार्यसम्पादन समितिले नाम टुंगो लगाएपछि मात्र निर्वाचन आयोगमा बुझाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै