Comments Add Comment

Advertisment

SKIP THIS

मातृभूमि साहित्य समाजको २४ औं वार्षिकोत्सव सम्पन्न

४ आश्विन , काठमाडौं । मातृभूमि साहित्य समाज हेटौंडाले २४ औँ स्थापना दिवसको उपलक्ष्यमा सोमबार रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष माधव पोखरेलको अध्यक्षता, लघुकथाकार डा पुष्करराज भट्टको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न स्रष्टाले रचना वाचन गरेका थिए ।

रचना वाचन गर्नेमा विष्णु गौतम, दिनेश शर्मा, हेमन्त ढुङ्गेल, एलिना ढकाल, गोपिनी गौतम, डिबी बर्तौला, अनुराधा पौडेल, राजकुमार लामिछाने, चेतप्रसाद रिमाल, देवेन्द्र कलवार, छवि अनित्य, सम्प्रस पौडेल, तोयानाथ सुवेदी, मञ्जु खराल, प्रबेन्द्र महर्जन, किशोर पौडेल, आरसी रिजाल, निमेष निखिल लगायत थिए ।

कार्यक्रममा मातृभूमि साहित्य समाजका गतिविधि समेटिएको परिचय पुस्तिकाको चौथो संस्करण ‘मातृभूमि’को पनि प्रमुख अतिथि भट्ट लगातयबाट विमोचन भएको थियो । सो परिचय पुस्तिकाका बारेमा संस्थापक अध्यक्ष ह्याग्रीव आचार्यले प्रकाश पारेका थिए । सो अवसरमा समाजका कार्यसमिति सदस्य किसन पौडेलले हरेक वर्ष उत्कृष्ट लघुकथा कृतिलाई कृतिगत रूपमा नगद रु ११,१११÷ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान” प्रदान गर्ने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै