Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

४ आश्विन , काठमाडौं । काठमाडौं महानगरपालिका-१६ चमती कल्याणनगर बस्ने ६० वर्षीय श्रीलाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment