Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी थापा नियुक्त

७ असोज , काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापा नियुक्त भएका छन् ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तुमा काज सरुवा भएपछि एसएसपी थापालाई प्रवक्ताको जिम्मेवारी दिईएको हो ।

प्रवक्ता एसएसपी थापालाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी एसएसपी थापालाई दिइएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै