Comments Add Comment

Advertisment

SKIP THIS

जसपाका नेता तिलक श्रीपाइली एमालेमा प्रवेश

७ असोज , काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रीपाइलीको करिब तीन दशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथाशक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै