Comments Add Comment

Advertisment

SKIP THIS

शेखर-गगन निकटका नेताहरूद्वारा आन्दोलन घोषणा

१० असोज , काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापनइतरका नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको भन्दै नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकटका नेताहरूले आन्दोलन घोषणा गरेका हुन् ।

सोमबार ठमेलस्थित यात्री होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोधसभा गर्ने र असोज १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ ।

पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग उनीहरुको माग छ ।  संस्थापन पक्षमा मनोमानी टिकट वितरणमा लागेको भन्दै नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईंलगायत खबरदारीमा लागेका छन् ।

उनीहरुले टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताएका छन् । असोज १४ गतेसम्ममा पनि समानुपातिक उम्मेदवार सूचीमा संशोधन नगरे बागी उम्मेदवारी दिनेलगायत विषयमा छलफल हुने एक नेताले बताए । शेखर समूहले समानुपातिक उम्मेदवार सूची बुझाउँदा ४० प्रतिशत नदिएको उनीहरुकाे गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै