Comments Add Comment

Advertisment

SKIP THIS

आजको केही नयाँ !

१२ असोज , काठमाडौँ । आजदेखि आचारसंहिता लागू । प्रधानमन्त्री, मूख्यमन्त्री, मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र प्रचार गर्न पाउने । पार्टीको झन्डा १० वटासम्म मात्र बोक्न पाइने । प्रचार प्रसारमा २५ जना मात्र जान पाइने । कामु प्रधानन्यायाधिश कार्कीलाई प्रधानन्यायाधिश सो सरहको सेवा सुबिधाबाट बिदाई दिने निर्णय सँगै जताततै बिरोधको आवाजहरु गुन्जिएका छन ।

कान्तिपुरमा भनिएको छ : न्यायलयको साख गिराउने अर्को खेल । समानुपातिक सूचिमा देउवा सच्चिन तयार । तर गगन समुहले बिश्वास गरेन । नाकामा किन ठगिन्छन नेपाली ? हरेक भारतीय नागरिकहरुको दादागिरीको पराकाष्टा कहिले सम्म ? त्यसो त उत्तरी नाकामा चाइनीजहरुको कर्तुत झन भुल्न लायक कहाँ छ र ? कुनै सामान किन्न खोज्यो भने कि, किन्नै पर्छ नत्र पिटाई खाइन्छ । सायद, गरिब मुलुकको नागरिक हुनुको उपज होला । अहिले भारतमा भाजपाको नरेन्द्र मोदीको नेतृत्वमा सरकार संचालनमा छ । खुला प्रजातान्त्रिक मुलुक भनिएतापनि त्यहाँ मोदी सरकारले सरकारी निकाएहरु कब्जा गरेर राखेको छ । भारतीय स्वतन्त्रताको ७५ वर्षगाँठमा मोदीले अमृतकाल भनेपनि बिपक्षीले विनासकालको संज्ञा दिएका छन । मंहगीको मार, बेरोजगारी संख्या बढ्नु, बिपक्षीलाई समेटेर लान नसक्नु, सरकारी रवैया बिस्तारै एकतन्त्रीय हुंदै जानु आदि कारणले मोदीको साख गिर्दै गैरहेको कुरा विभिन्न पत्रीकाहरुमा उल्लेख गरिएको छ ।

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको केही नयाँ !

Advertisment

छुटाउनुभयो कि? सबै

आजको केही नयाँ !