१४ असोज , काठमाडौँ । ‘प्रेमगीत ३’ले पहिलो साताको कमाइ सार्वजनिक गरेको छ ।
निर्माता सन्तोष सेनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेका जनाएका छन् ।
भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको छ । फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वब्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् । प्रदीप खड्का स्टारर फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वब्यापी आक्रामक ओपनिङ गरेको थियो ।







