Comments Add Comment

Advertisment

SKIP THIS

पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१३ भदौ , काठमाडौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कमा गए राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपास्थित शीर मेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।

पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गए राती पौने १२ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोकिएको प्रहरी चौकी पनौतीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment