Comments Add Comment

Advertisment

SKIP THIS

दशैं अवधिमा काठमाडौं महानगरमा नि:शुल्क एम्बुलेन्स सेवा

१६ असोज , काठमाडौ । काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment