Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा एमाले पत्तासाफ हुने लक्षण : धमाधम पार्टी छाड्नेको लर्को

२३ असोज , काठमाडौ । अध्यक्ष केपी शर्मा ओली आफूखुशी टिकट बाँडेपछि एमाले मोरङमा विद्रोह भएको छ । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको टिकट वितरण असन्तुष्ट जनाउँदै धमाधम एमाले पार्टी छाडेको घोषणा गरिरहका छन् ।

मोरङमा १०बुँदे पक्षधरलाई टिकट दिएको भन्दै अध्यक्ष ओली समूहकै विश्वास पात्रहरूले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतसहित चार प्रदेश कमिटी सदस्य तथा अर्का जिल्ला कमिटी सदस्यले पनि पार्टी छाडेको घोषणा गरेका छन् ।

बस्नेतसहित प्रदेश कमिटी सदस्यहरू प्रतापकुमार थापा, मधु गुरूङ, राजकुमार बस्नेत र जिल्ला सचिवालय सदस्य गीता सिवाले पनि पार्टी परित्याग गरेका छन् ।

क्षेत्र नम्बर ३ ‘१’ मा दीलिपकुमार राई र ३ ‘२’ मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका थिए । ३ ‘१’ मा पथरीका रामकुमार बस्नेत दाबेदार थिए भने ३ ‘२’ मा डाँगीहाटका राजकुमार बस्नेत दाबेदार थिए ।

अपमानित भएर पार्टीमा बस्नुभन्दा विद्रोह गर्नु उपयुक्त देखेकोले पार्टी छाडेको उनीहरूले बताएका छन् ।उनीहरूले अन्य कार्यकतालाई पनि विद्रोहमा सामेल हुन अपिलसमेत गरेका छन् ।

यस्तै, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारी र अर्का नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् ।

एमालेबाट क्षेत्र नं ५ मा एकल उम्मेदवार सिफारिस भए पनि टिकटबाट बञ्चित भएका योगेन्द्र मण्डलले पनि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धमाधम फर्किन थाले नेपाली विद्यार्थी !

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

Advertisment

छुटाउनुभयो कि? सबै

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

धमाधम फर्किन थाले नेपाली विद्यार्थी !