Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

२४ असोज , काठमाडौं । जनकपुर उपमहानगरपालिका-९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानी डेरा गरी बस्ने दैलेख ठाँटिकाँध गाउँपालिका-४ वतन भएका २१ वर्षीय कोरीदम भन्ने राम बडुवाल समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

महोत्तरीबाट लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ