Comments Add Comment

सेयर बजारमा २७ अंकको गिरावट, करिब एक अर्बको कारोबार

२४ असोज , काठमाडौं । आज सेयर बजारमा गिरावट आएको छ । आज २७.१६ अंकले नेप्सेमा गिरावट आएको छ ।

आज १.४३ प्रतिशतले घटेर नेप्से १८७१.२२ को बिन्दुमा झरेको छ । २३३ कम्पनीका १७ हजार ८७६ कारोबारमा ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको ३१ लाख ५५ हजार ६५९ कित्ता सेयर किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.४३ प्रतिशतले घटेर ३६६.८४ को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये म्युचुअल फन्डबाहेक १२ वटा उपसमूह सूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै