Comments Add Comment

Advertisment

SKIP THIS

सहरीमन्त्री चौधरीद्धारा बाढीपीढितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग

३० असोज , काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाइ छ ।

‘यो ०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुखमार्फत् एकद्धार प्रणालीबाट वितरण हुनेछ’ मन्त्री चौधरीको भनाइ थियो ।

दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै