३१ असोज , काठमाडौँ । १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएको थियो ।
त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



