Comments Add Comment

Advertisment

SKIP THIS

आसन्न निर्वाचनका लागि गोरखामा मतपत्र पुग्यो

६ कात्तिक , काठमाडौ । आसन्न निर्वाचनका लागि गोरखामा मतपत्र आइपुगेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गोरखामा समानुपातिकतर्फको मतपत्र आइपुगेको हो। क्षेत्र नम्बर १ र २ लाई पुग्ने गरी दुवै चुनावको समानुपातिक मतपत्र आइतबार आइपुगेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए।

मतपत्र सुरक्षाकर्मीको निगरानीमा ट्रकमा ल्याइएको थियो। आसन्न निर्वाचनका लागि गोरखामा ३१७ मतदान केन्द्र र २२२ मतदानस्थल तोकिएका छन्।

दुईलाख २० हजार ६३७ मतदाता रहेका छन्। मतदाता शिक्षाका लागि केही पर्चा पम्पलेट पनि आइपुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment