Comments Add Comment

Advertisment

SKIP THIS

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

७ कात्तिक , काठमाडौ । पाँचथरको तुम्बेवा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मौवा बजारबाट आङनामा रहेको घरतर्फ फर्किनेक्रममा मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्बेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।

मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते भएका झन् । सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै