Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओली ४ दिनसम्म झापामा रहने

११ कार्तिक , काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । ​आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन ।

आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ । आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै