१६ पुष काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अध्यक्षतामा Modernization and Improvement of Policing Project (MIPP) को Steering Committee को अन्तिम बैठक प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले MIPP को अवधिमा प्रहरी संगठनलाई धेरै उपलब्धी भएको चर्चा गर्दै MIPP कार्यान्वयनमा नेपाल प्रहरीले व्यावसायिक क्षमता अभिवृद्धि, संस्थागत क्षमताको विकास तथा जनताको विश्वास सुनिश्चित गर्दै उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्नुभयो।

नेपाल प्रहरी संगठनको विकासको लागि Integrated Program for Strengthening Security and Justice (IPSSJ) एवं MIPP जस्ता परियोजना धेरै नै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बेलायत सरकार र अन्य सरोकारवाला संघसंस्थाले परियोजना कार्यान्वयन एवं प्रहरी संगठनको आत्मविश्वास, योग्यता र क्षमता विकास गर्न निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो।

आगामी दिनमा समेत अन्य परियोजनामा सहकार्य गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । बैठकमा British Embassy नेपालका Deputy Head Of Mission Edward Roberts ले नेपाल प्रहरीसँगको सहकार्यमा MIPP कार्यान्वयनको अवधिमा सामना गरेका चुनौती बारेमा चर्चा गर्नुभयो । परियोजनाको महत्व एवं आगामी दिनमा समेत नेपाल प्रहरीसँग अन्य परियोजनामा सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका निर्देशक प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै MIPP को महत्व र उपलब्धीबारे चर्चा गर्नुभयो । गृह मन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसाल र केयर नेपालका Assistant Country Director मोना शेर्पाले MIPP परियोजनाको महत्वबारे चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा British Embassy नेपालका Peace, Security and Justice Adviser Mette Nielsen ले MIPP प्रोजेक्टको उपलब्धी, सिकाइ तथा भविष्यमा हुने साझेदारी सम्बन्धी तथा MIPP प्रोजेक्टको आयोजना प्रमुख कोमल कार्की र प्रहरी उपरीक्षक सविन प्रधानले MIPP प्रोजेक्टको कार्यान्वयनको अवस्था तथा प्रोजेक्टको समग्र प्रगति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
साथै कार्यक्रममा परियोजना कार्यान्वयन गर्ने साझेदारी संस्थाका प्रतिनिधिबाट अनुभव आदानप्रदान, सिकाइ तथा परियोजनाका गतिविधिहरू सम्बन्धी समीक्षा भएकोमा आगामी दिनमा सहयोग तथा साझेदारीको क्षेत्रहरू सम्बन्धमा छलफल तथा अन्तर्क्रिया भएको थियो ।







