Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी पीडित परिवारलाई भेटेर मलमपट्टी लगाउन चाहन्छु : प्रचण्ड

१७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी द्धन्द्धबाट पीडित कांग्रेसका परिवारलाई भेटेर मलम पट्टी लगाउन चाहेको बताए ।

गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माओवादीबाट पीडित परिवारलाई समान परिपुरन दिइने बताए ।

‘मैले गोरखामा माओवादी आन्दोलनको दौरानमा या द्धन्द्धको क्रममा पीडामा परेका कांग्रेसका परिवार जसले क्षति बेहोरेका वा ठुलो पीडा भोगेका परिवारलाई भेट्न चाहन्छु । उहाँहरूको कुरा सुन्न चाहन्छु । उहाँ कुरा सुनेर मलम पट्टी लगाउन चाहेको छु’ प्रचण्डले भने, ‘माओवादी केन्द्रका पीडित परिवारलाई भेट्छु नै भेटिपनि राख्या छ । मैले आवश्यक र महत्व कांग्रेस पीडित परिवारलाई भेटेर यो शान्ति सम्झौताको के अर्थ थियो रु यो सम्झौता कसरी हुन पुग्यो रु शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका निम्ति हामी सबैले के भूमिका खेल्नु पर्दछ भन्ने बारेमा उहाँहरुको कुरा सुन्न चाहेको छु ।’

आफ्नो र गिरिरजाप्रसाद कोइरालाको समेत भावनालाई समेटेर कांग्रेसका पीडित परिवारलाई भेट्न खोजेको प्रचण्डले बताए । यो कार्यक्रममार्फत गोरखाका सबै गठबन्धनका नेता साथीहरूलाई यो कुराको मर्म बुझेर वातावरण बनाउन सहयोग गर्न प्रचण्डले अनुरोध गरेका छन् । ‘शान्ति सम्झौताको जीवित कर्ता हुनुको नाताले के गहिरोगरी हेक्का छ भने मैले युद्धको बेलामा कांग्रेस कार्यकर्ता, सुरक्षाकर्मी लगायत पीडित भएका छन् । राज्यको तर्फबाट र राजनीतिक नेतृत्वको तर्फबाट सम्मान गरिनुपर्छ । समान रुपमा परिपुरन दिइनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment