Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध खाएर गाडी चलाएका चार जना पक्राउ

२० कात्तिक, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको जगाती क्षेत्रमा विशेष जाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, नेपाल प्रहरी अस्पताल, प्रहरी वृत्त जगातीको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागुऔषध खाएर गाडी चलाएका ४ जना पक्राउ परेका छन् ।

भक्तपुरको जगाती सडक खण्डमा बा ४ ख १९५६, बा २४ प ११४६, बा ७६ प ५३८६ र प्रदेश ३–०२–००६ प ८२६ नम्बरको गाडीका चालक पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जगातीबाटै जाँडरक्सी खाएर चलाएका दुई जना चालक पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । चालकले लागुऔषध खाएर गाडी चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित साउन ९ गतेदेखि ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो । पछिल्लो समय लागुऔषध खाएर गाडी चलाउनेको सङ्ख्या बढेको पाइएको छ।

जाँडरक्सी र लागुऔषध खाएर गाडी चलाउँदा दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले जाँच थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment