Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन आयोगले गर्‍यो ११६ जनालाई कारबाही

२७ कात्तिक , काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ११६ जनालाई कारबाही गरेको छ । आचारसंहिता उल्लंघन गर्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै रहेको आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ । आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ । शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ ।

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भएका ३ सय ६९ उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment