Comments Add Comment

Advertisment

SKIP THIS

अर्जेन्टिनामा चार बालबालिकासहित सात जनाको जलेर मृत्यु

२० असोज , काठमाडौ । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा सात जनाको ज्यान गएको छ ।

एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै