Comments Add Comment

Advertisment

SKIP THIS

मोरङको रानीबाट ‘मानव अंगको हड्डी’ सहित दुईजना पक्राउ

२० असोज , काठमाडौ । मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले मानव अंगको हड्डीजस्तो देखिने वस्तुसहित दुईजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आउँदै गरेको को २ च ९६४८ नम्बरको भ्यानमा मानवको अंगजस्तो देखिने वस्तु भेटिएपछि सशस्त्र प्रहरीले सो भ्यान सहित दुईजनालाई पक्रेर जिल्ला प्रहरी कार्यालय विराटनगरको जिम्मा लगाएको छ ।

भ्यानका चालक विनोद देव र युवराज कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले न्यज२४ग्यालेक्सीलाई बताए । सो भ्यानबाट मानव खप्पर जस्तो देखिने कंकाल २८ वटा र १० वटा हात–खुट्टा आकारको हड्डी बरामद गरिएको छ ।

मानव अङ्ग हो या होइन भनेर परिक्षण गर्न पठाउँछौं’ एसपी जिसीले भने, ‘परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ ।’ प्रहरीले ति कंकालको फरेन्सिक जाँचका लागी काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा पठाउने भएको छ ।

पक्राउ परेका हरुले सो कंकाल भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् । सशस्त्र प्रहरी नम्बर–१ बराह बाहिनीका डीआईजी कमल गिरीले सशस्त्रले कंकाल बरामद गरेर बुझाएको र थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment