१७ मंसिर , काठमाडौं । नुवाकोटमा भरुवा बन्दुक दुईथान र एक किलो बारुदसहित एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शिवपुरी गाउँपालिका–३, नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्कबहादुर तामाङलाई शुक्रबार दिउँसो बन्दुक र बारुदसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीचौकी पाटीभञ्ज्याङबाट खटिएको टोलीले उनको घर तलासी गर्दा लोड गरी राखिएको उक्त बन्दुक र बारुद फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।



