Comments Add Comment

Advertisment

SKIP THIS

१४ वर्षीया बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

१८ मंसिर , काठमाडौं । डोल्पामा १४ वर्षीया बालिका बलात्कार अभियोगमा प्रहरीले एका जनालाई पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै