Comments Add Comment

Advertisment

SKIP THIS

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युतको पोल हटाईँदै

२७ असोज , काठमाडौ । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ ।

विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन ।

अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए । राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए । उनले भने, “सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ ।”

पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन । अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताए ।

उनले भने, “कोभिडले थप अवरोध नपु(याएमा अबको दिनमा भौतिक प्रगति बढ्ने देखिएको छ । निर्माण व्यवसयीले अबको छ महिनामा ३० प्रतिशत काम सकाउँछु भनेर प्रतिबद्धता गरेका छन् ।” अहिले निर्माणस्थलमा भइरहेको कामलाई हेर्दा त्यो प्रगति हुनसक्ने देखिएको उनले बताए । उनले भने, “निर्माणस्थल खाली हुँदै गएकाले अबको दिनमा निर्माणले गति लिनसक्छ ।”

आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै