Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनीमा विद्युतीय सवारी : विगतमा तानातान अहिले अलपत्र

५ कार्तिक , काठमाडौ । लामो समयदेखि वातावरणविद्हरुले लुम्बिनीमा प्रदूषण नियन्त्रणमा ध्यान दिन माग गर्दै आएका छन् ।

खासगरी लुम्बिनी आसपास रहेका ठुला उद्योगमा प्रदूषण रोक्नेदेखि लुम्बिनी क्षेत्रभित्र चल्ने सवारी साधनाबाट हुने प्रदूषण रोक्न वातावरणविद्हरुले माग गरेपछि लुम्बिनीमा विद्युतीय बस र ट्याक्सीहरु भित्र्याइएको छ ।

लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याइएका विद्युतीय बस र ट्याक्सी एक वर्षदेखि अलपत्रजस्तै अवस्थामा छन् । वातावरणमैत्री विद्युतीय बस ५ वटा र ट्याक्सी १४ वटा भित्र्याइएको वर्ष दिन पुग्न लागे पनि सञ्चालन हुन भने सकेको छैन । लामो समय थन्क्याउँदा त्यस्ता सवारी साधन बिग्रने प्राविधिकहरु बताउँछन् ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा। हरिध्वज राईले ती सवारीसाधन कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अझै टुङ्गो नभएको बताए । विद्युतीय सवारी साधनका लागि लुम्बिनीमा चार्जिङ स्टेशनसमेत तयार भइसकेको छ । तर, झण्डै एक वर्ष अघि ल्याइएका सवारी साधन सञ्चालन नभएका कारण पर्यटन व्यवसायी पनि निरास भएका छन् ।

लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले जतिसक्दो छिटो विद्युतीय सवारी चलाउनुपर्ने बताए । विद्युतीय सवारी साधन चलाउँदा पर्यटकहरुको रौनक नै फरक हुने भए पनि सरोकारवालाहरुले ध्यान दिन नसकेको उनको भनाइ छ ।

लुम्बिनी क्षेत्र नजिकका ठुला उद्योगले प्रदूषण रोक्न ‘डस्ट कलेक्टर’ प्रविधि जडान गरेका छन् । तर सरकारीस्तरमा विद्युतीय सवारी सधान सञ्चालन गरेर प्रदूषण घटाउने काममा भने सरकारले नै बेवास्ता गर्दै आएको जानकारहरु बताउँछन् ।

वातावरणका अध्येता युवराज कँडेलले लुम्बिनीमा धेरै नै धुँवा र धुलो पाइएको विभिन्न अध्ययनले देखाएको बताउँछन् । त्यसलाई कम गर्न पनि विद्युतीय बस सञ्चालनको योजना बनेको उनको भनाइ छ । तर उक्त योजना लामो सयमदेखि अलपत्र रहँदै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै