२० मंसिर , काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सुर्खेतमा एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आज दिउँसो ३ बजेतिर श्रीमतीको हत्या गरेर फरार रहेका पञ्चपुरी नगरपालिका ३ तोक्माका ३८ वर्षीय अम्मर आले मगरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी ३० वर्षीया पत्नी मिनाको टाउकोलाई धारिलो हतियारले काटेर प्लास्टिकको थैलोमा राखेर भागेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान थालेको छ ।


