
६ कार्तिक , काठमाडौ । सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले न्युज 24ग्यालेक्सीलाई जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।



