Comments Add Comment

Advertisment

SKIP THIS

मध्यभोटेकोशीको आईपीओ शुक्रबार बाँडफाँट हुने

१० कार्तिक ,काठमाडौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ ।

आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै