Comments Add Comment

Advertisment

SKIP THIS

धेरै पटक नियम मिच्ने ६० जना सवारी चालकको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीको सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने शर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाप्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

निलम्बनका लागि पठाइएकामध्ये सबैभन्दा धेरै ४४ पटक कारबाहीमा परेका १ जना, ३५ पटक१ जना, २४ पटक ३ जना, १४ पटक १ जना, १२ पटक परेका ७ जना, ७ पटक २ जना र ६ पटक ४५ जना रेहका छन् ।

 

उनीहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको थियो । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरूबाट नै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

 

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटकपटक कारबाहीमा परेको समेत प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै