Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको टोखामा अचम्म ! तिहारको मुखमा पक्राउ परे यि ब्यक्ती ?

१० कार्तिक ,काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोल्डेन नेपाल सप्लायर्स टोखा-५ लाई कारबाही गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको फेला पारेको थियो।

जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेबलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिए।

बजार अनुगमनका क्रममा उक्त कार्यमा सम्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल रु तीन लाख जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ।

काठमाडौ प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति समेत बनाएर अनुगमनलाई शसक्त पारेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी रिजालले अन्य स्थानमा समेत रिलेवलिङ गरि अखाद्य सामाग्री विक्री वितरण गर्नेहरुको बारेमा सुचना प्राप्त भएकाले त्यस सम्वन्धमा सूक्ष्म अनुगमन थालिएको र पत्ता लगाएर कडा कारवाही गरिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै