Comments Add Comment

Advertisment

SKIP THIS

इन्धनको मूल्य घटाउन निगमको आलटाल

५ पुष , काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ ।

आईओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरित मूल्य समायोजन गर्ने गरेको देखिन्छ ।

आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आईओसीबाट पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा मूल्य घटेर आएको थियो । तर, निगमले भने ५० प्रतिशतभन्दा कम गरेर मूल्य समायोजन गरेको हो ।

भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको यो पहिलोपटक भने होइन ।आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायोजन नगर्ने गरेको आरोप लाग्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै