Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षक हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ

७ पुष , काठमाडौं । बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् पक्राउ परेका हुन् । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका विष्टको हत्या गरेको अभियोगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट शिक्षक विष्टको हत्या भएको र अभियुक्त दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । शनिबार मृत फेला परेका शिक्षक विष्ट र हत्या आरोपमा पक्राउ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए । शुक्रबार राति विवाद भएपछि श्रीमान् श्रीमती मिलेर हत्या गरेको दाबी प्रहरी अधिकारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै