Comments Add Comment

Advertisment

SKIP THIS

सोह्रखुट्टेको हिरासतबाट भारतीय थुनुवा फरार

७ पुष , काठमाडौं । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक भारतीय थुनुवा फरार भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौं लगेको बेला उनी शौचालयबाट फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिन कुमार छन् । उनीविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै