
१२ कार्तिक, काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।



आज हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । ट्राफिक प्रहरीको मिहिनेत र सक्रिएता प्रभावकारी बन्दै हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।



महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन ।



ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिनुभयो ।

उहाँले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको छ तर अव भने हराउनै नदिनको लागी धनी समेत बिशेष चनाखो र सजक हुनुपर्ने दिन आएको बताउनुभयो । थप जोडदिदैं उहाले सवारी धनी थप जिम्मेवार र चिन्तित बन्नु पर्ने र अतिरिक्त सुरक्षाका उपयहरुको प्रयोग गर्न समेत सुझाउनु भयो ।
बिशेष गरि स्कुटरको सवारी दर्ता किताव (विलबुक) डिकीमै राख्ने चलन रहेको हुन्छ, चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरि ट्राफिक चेकिङ्गमा सोहि ब्लुबुक देखाउने गरेको समेत पाईएको छ, कतिपय अबस्थामा चाँबी सहित स्कुटरहरु हराउने गरेको धनीले जानकारी दिने गरेको एसएसपी भट्टराईले स्मरण गर्नुभयो ।
पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । धनीले दिएको निबेदन हुलियाको आधारमा बिभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ ।



