Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीद्वारा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय पक्राउ 

काठमाण्डौ – स्रोत नखुलेको सोह्र लाख नेपाली रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।

मंगलबार बिहान साढे एघार बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको विआर ३२ एसी ७६७९ नम्बरको भारतीय स्कुटर शंका लागि चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा स्रोत नखुलेको रुपैयाँ फेला परेको एसपी खड्काले बताएका छ्न ।

 

पक्राउ परेका भारतीय नागरिकबाट १००० दरको नोट ७४८ वटा, ५०० दरको नोट १६४४ वटा, १०० दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरि सोह्र लाख बरामद गरिएको हो । उनलाई आवश्यक कारवाहीका लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएको एसपी खडाकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै