Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से ५ अंकले बढ्यो

५ माघ , काठमाडौं । आज सेयर बजार सूचक नेप्सेमा ५ अंकले बढेको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो ।

आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको १२ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.०३ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.७८ प्रतिशतले, मुचुअल फन्ड १.४७ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स ०.२१ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ ।

यता डेभलमेन्ट बैंक समूहको उपसूचक ०.१४ प्रतिशतले घट्दा आज फाइनान्स समूहको उपसूचक ०.४६ प्रतिशतले, होटल तथा पर्यटन १.०९ प्रतिशतले, लाइफ इन्स्योरेन्स ०.३० प्रतिशतले, म्यानु एण्ड प्रो ०.४९ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.७४ प्रतिशतले र अन्य समूहको उपसूचक ०.८८ प्रतिशतले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

Advertisment

छुटाउनुभयो कि? सबै

प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो