Comments Add Comment

Advertisment

SKIP THIS

पदाधिकारी चयन गर्न माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

१९ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ ।

बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ।

आजको बैठक नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । पदाधिकारीमा करिब सहमति भइसकेकाले १५ पदाधिकारी आजै चयन हुने नेताहरुले बताएका छन्।

आठौं महाधिवेशनको आठौं दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। जसलाई हलले पास गरेको थियो ।

त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment