Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी अशोक सिंहको जुवाडे समाउने अभियान : ८२९ जुवाडेको उठिबास

२३ कात्तिक , काठमाडौ । काठमाडौं प्रहरी परिसर (टेकु) का प्रमुखको नेतृत्व सम्हालेका एसएसपी अशोक सिंहको लगभग एक बर्ष पुग्न लागेको छ । काठमाडौंको समग्र शान्ति सुरक्षा व्यवस्थापन तथा अवैध गतिविधि नियन्त्रण चुनौतिको विषय हो । 

एसएसपी अशोक सिहंले काठमाडौंको शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाउदै लगेका छन । उपत्यकाको विभिन्न ठाउँहरुमा जुवा खेल्ने र खेलाउनेको निकै चहलपहल बढेको छ ।

यसैबिच दशै तिहारमा काठमाडौ बिभिन्न ठाउहरुबाट २०९ जुवाडे सहित ४६,३८,०२५ नगद नेपाली रुपैया बराबर सहित पक्राउ गरेको हो । अशोक सिंहका अनुसार पछिल्लो एक वर्षमा काठमाडौं प्रहरीले ८२९ जनालाई जुवाखालबाट पक्राउ गरी कारबाही गरेको छ साथै उपत्यकाको १०१ ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्। राजधानीमा हुने अवैध गतिविधि तथा कानुनले बन्देज गरेका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी रातदिन जतिबेला पनि खटिरहेको बताउँछन् ।

काठमाडौं उपत्यकाका कतिपय निजी घर, कोठा, होटल, रेष्टुरेण्ट र रिसोर्टलगायतका स्थानमा जुवातास खेल्नेरखेलाइन्छ। विशेष गरी एकान्तस्थलका केही घर, रेस्टुरेन्ट तथा गेस्टहाउसहरुमा सँधै जसो जुवा खेलाइने गरिएको छ। धेरैजसो अखडामा नै तास खेलाइने गरिन्छ। जुवातास खेलाउने गरेको सूचना प्रहरीलाई पुगेसँगै सूचना अनुरुप प्रहरीले पनि सक्रियता बढाएको छ। उपत्यकामा धेरै स्थानमा मिनी क्यासिनो शैलीमा जुवा खेलाइने सूचना आएको र आफूहरूले त्यस्ता स्थानमा निगरानी बढाएर नियन्त्रणमा लिने काम शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह बताउँछन्।

एसएसपी सिंहका अनुसार उनीहरुले मिनी क्यासिनो नै सञ्चालन गरेर आफ्नो धन्दा चलाएका छन्। काठमाडौंको बौद्ध, स्वयम्भु, थानकोट, कीर्तिपुर क्षेत्रमा दसैंतिहारको समयमा जस्तै जुवातास खेल्ने र खेलाइने गरेको सिंहले बताए। यससबाहेक बौद्ध र स्वयम्भुका कतिपय ठाउँमा भने गोटीमार्फत खेलिने तिब्बतीय जुवा समेत खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

एसएसपी सिंहकाअनुसार दसैंतिहारको समयमा १० वटा मुद्दा दर्ता भएको र पक्राउ परेका २०९ जनाको साथबाट ४६ लाख ३८ हजार २५ रुपैयाँ रकम समेत बरामद भएको एसएसपी सिंहले जानकारी दिए। पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही भइरहेको सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै