Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनको मूल्य

१३ माघ , काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार एक सयले घटेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय कायम गरिएको छ ।

चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment