Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानसेनापति शर्मा भारतमा मानार्थ महारथीको दर्जाबाट सम्मानित

२४ कात्तिक , काठमाडो । प्रधानसेनापति शर्मा भारतमा मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाल र भारतबीच एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । सो परम्पराअनुसार नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।

नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा हिजो मंगलबार भारत पुगेका प्रधानसेनापति शर्माले हिजोनै भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणे, रक्षा सचिव अजयकुमार, भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गरेका छन् ।

त्यस्तै भ्रमणका क्रममा उनले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतलाई भेट्ने कार्यक्रम पनि छ । शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता शर्माको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै