Comments Add Comment

Advertisment

SKIP THIS

भिरबाट लडेर दाङस्थित ७० वर्षीय जरसिङ कामीको मृत्यु

२५ कात्तिक ,काठमाडौ । भिरबाट लडेर दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१ पातेघारका ७० वर्षीय जरसिङ कामीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी आफ्नै घर नजिकको बारीमा घाँस काट्ने क्रममा बुधबार भिरबाट खसेका थिए । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनलाई मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

यसबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच पाल्पामा पनि एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णु बहादुर सुनारी आफ्नै घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गते घरबाट हिँडेका उनी फर्केर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै