Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी राईद्वारा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा स्टलहरुको अबलोकन

४ फागुन , काठमाडौ ।  लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा जिल्ला दाङ,राप्ति गाँउपालिका वडा नं ३ श्रीचौर मौदानमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले स्टल खडा गरि सामाजिक बिकृती बिसंगती बिरुद्ध लैंगिक हिंसा न्यूनिकरण, बालबिबाह न्यूनिकरण, बालबालिकाका लागि सुरक्षित ईन्टरनेट प्रयोग,सवारी दुर्घटना न्यूनिकरण, लागुऔषध नियन्त्रण लगायतका बिषयमा पर्चा पम्पलेट बितरण गर्नुका साथै LED TV मार्फत सचेतनामूलक श्रव्यदृश्य सामाग्रीहरु प्रसारण गरियो ।

उक्त स्टलमा माननिय प्रदेश प्रमुख अमिक शेरचन, माननिय मुख्यमन्त्री लिला गिरी, बिभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरु लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रमुख डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगायत अन्दाजी ४०० जनाले अवलोकन गर्नुभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment