Comments Add Comment

Advertisment

SKIP THIS

सिंहदरबारमा तीन दलको बैठक जारी : ब्यूँतिएला पाँच दलीय गठबन्धन ?

११ फागुन , काठमाडौ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा तीन दलको बैठक सुरु भएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिँकिएपछि त्यस विषयमा ठोस निर्णय गर्नका लागि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रकाका तर्फबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र जनार्दन शर्मा सहभागी रहेका छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वाला रहेका छन् भने जसपाबाट उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।

केहीबेरअघि पनि तीन दलको संयुक्त बैठक बसे पनि ठोस निर्णयमा पुग्न सकेको थिएन । तर, अब भने ठोस सहमतिमा पुग्नका लागि बैठक बसेको जसपा अध्यक्ष यादवले बताएका छन् । उनका अनुसार तीन दलबीच ठोस सहमति बनेपछि बल्ल नेपाली कांग्रेससँग बैठकमा बसिनेछ । बैठकले निर्वाचनअघिको पाँच दलीय गठबन्धन ब्यूँताउने एउटै विकल्पका साथ घनिभूत छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment