सिन्धुली , प्रहरीले लागुऔषध गाँजा र हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटीएकाे प्रहरी टोलिले ११५ किलो लागू औषध गाँजा सहित ३ वटा मोटरसाइकल र ४ जना ब्याक्तीलाई पक्राउ गरेको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा न.७ हरलाभरला हुँदै सर्लाहीबाट लालबन्दी तर्फको सडक खण्डमा मोटरसाईकलमा लागू औषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले बताएका छन्

सिन्धुली जिल्ला मरिण गाउँपालिका वडा नं. ४ चुरे जंगल स्थित सर्लाहीको लालबन्दीतर्फबाट सिन्धुलीको मरिण छाप बजारतर्फ आउँदै गरेका ३ वटा मोटरसाईकलहरुलाई शंकास्पद रुपमा देखिएकाले चेकजाँचका लागि रोक्ने क्रममा उक्त मोटरसाईकलमा सवार व्यक्तिहरुले प्रहरीमाथि नै आईलागी हातपात,ढुंगामुडा तथा घरेलु हतियार खुकुरी समेत प्रहार गर्न थालेकोले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्ने क्रममा सानो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा जम्मा ११५ (एक सय पन्ध्र) किलो प्रतिवन्धित लागू औषध गाँजा र ३ थान मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा (१) सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं.१४ वस्ने वर्ष ३२ को मानध्वज वाईबा (२)सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नं.७ वस्ने वर्ष ५५ चन्द्र बहादुर वाईबा (३) सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नं.७ बस्ने बर्ष २७ को सूर्यबहादुर वाईबा (४) सिन्धुली जिल्ला हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ बस्ने वर्ष २२ को बिर्ख बहादुर वाईबा रहेका छन् ।

पक्राउ परेका चार जना विरुद्ध सम्मानित जिल्ला अदालत सिन्धुलीबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक सिलवालले बताएका छन् ।



