Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

१४ फागुन , काठमाडौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा शनिबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीमा कार्यरत पाल्पाको तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन बस्नेतको मृत्यु भएको हो । रुपन्देहीकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७९प ९२५५ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको लु४त ९३५ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो । दघृटनामा परि मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३३ वर्षीय कुलबहादुर खाम्चा घाक्ष्इते भएका छन् । उनको क्रिमसन अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment