Comments Add Comment

Advertisment

SKIP THIS

पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधान गर्न प्रक्रिया सुरु

१४ फागुन , काठमाडौ । नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ ।

उक्त सूचना आएसंगै पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधानका लागि प्रक्रिया सुरु भएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले बताए । थापाले भने, “अब पासपोर्ट बनाउने टीम पनि पोर्चुगलमा चाडै आउने मन्त्रालयबाट जानकारी पाइएको छ, राजदुतावासको सूचनामा पनि त्यो कुरा आएको छ ।”

उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय ९परराष्ट्र मन्त्रीस्तरीय० ले नयाँ व्यवस्था गरिएको हो ।

राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पोर्चुगलको लिस्वनमा राहदानीको दरखास्त सङ्कलनका लागि राहदानी विभाग, काठमाडौँबाट एउटा टोली पठाउने निर्णय भइसकेको र सोका लागि आन्तरिक प्रक्रिया पूरा भई पोर्चुगल जाने मिति निश्चित भएपछि राजदूतावासले तत्सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment